दुई बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

rss , ३१९  पटक हेरिएको

काठमान्डौ, २२ असार । आज बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।
बिहान ११ बजेका लागि डाकिएको बैठक सूचनामार्फत् दिउँसो २ बजेका लागि सारिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गर्दै आएको छ। छानबिन समिति गठन गर्न नेपाली कांग्रेस तयार देखिएको छ।

माओवादीले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिन समय माग गरेको छ। तर प्रतिपक्षी एमालेले अर्थमन्त्रीलाई सभामुखले बोल्न समय दिए बैठक चल्न नदिने बताएको छ।

 

प्रकाशित मिति: २०२२-०७-०६ , समय : १३:५८:२७ , ४ वर्ष अगाडि