मल्टिमिडिया सम्बन्धी तालिम सुरु

प्रशान्त निराैला , ४४३  पटक हेरिएको

१६ असार । मल्टिमिडिया सम्बन्धी ३ दिने तालिमको उद्घाटन गरिएको छ । आज यातायात ब्यबस्था संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरेले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको तालिममा मोरङ भरिका पत्रकारहरु सहभागी भएका छन ।
मोरङको लेटाङ नगरपालिका ६ स्थित कृषि बिकास बैंक लिमिटेडको सभाहलमा तालिम भइरहेको छ् ।
कार्यक्रमलाई लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती , नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिला बल्लब घिमिरे , लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२२-०६-३० , समय : १३:०१:०८ , २ वर्ष अगाडि