बूढीगंगामा लोकप्रिय कार्यक्रमसहित ७० करोडको बजेट

enepalpatra , ४०८  पटक हेरिएको

बिराटनगर, १३ असार ।  बूढीगंगा गाउँपालिकाले जनतासित प्रत्यक्ष जोडिने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी जीतनारायण थापामगरका अनुसार यसपटकको बजेटमा जनचाहना र आवश्यकताअनुसार रकम परिचालन गरिएको छ । जसअनुसार एक हजार गरिवका लागि १० हजारको स्वास्थ्य बीमा कार्यक्रम समावेश छ।  घुम्ति शिविर संचालन गरेर दुई टोलीमार्फत् ३ ३ जना परिचालन गर्दै स्वास्थ्य जाँच, वडा नं. ३ मा इसीजी, ल्याव, भिडियो एक्सरे सुबिधासहित स्वास्थ्य केन्द्र बनाउन ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । नरग्रामबाहेक दक्षिणी क्षेत्रको एक सामुदायिक विद्यालय सुधारका लागि १ करोड छुट्टयाइएको छ । ६ र १ वडामा खुल्ला

जीमखानाका लागि २० लाख विनियोजन गरिएको छ । विहानी यात्रापछि शरिर तन्दुरुस्त राख्न जीमखानाको व्यवस्था गरिएको हो ।

अध्यक्ष थापामगरका अनुसार रिसोर्ट पार्कका लागि १ करोड लगानी गरिने छ । यसबाट गाउँपालिकालाई आम्दानी हुनाको साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा छ । ड्डबालबालिका पार्कका लागि पनि १ करोड विनियोजन गरिएको छ । गाउँपालिकाका ७ वटै वडामा पीच निर्माणका लागि कालोपत्रे

अनिवार्यको नीति लिइएको छ सडक सुधारका लागि हरेक वडालाई एक(एक करोड छुट्टयाइएको छ।

टंकीसिनवारी चोकमा पुस्तकालयसहितको शौचालय बनाउन १ करोड रकम विनियोजन गरिएको छ । गर्भवती महिलाका लागि स्वास्थ्य जाँच गराउन आउँदा पौष्टिक खानाको व्यवस्था गरिएको छ । गरिव आवासका लागि १ करोड छुट्टयाइएको छ । अध्यक्ष थापामगरले फुसका घर विस्थापित गर्न यसपटक ३० लाख छुट्टयाइएको छ र, यो वर्ष ३५ परिवारलाई परिचालन गरिने छ

ज्येष्ठ नागरिकका हकमा हरेक वडामा चिया, चमेनासहित ज्येष्ठ नागरिक विश्रामस्थल बनाउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

“हामीले कुरा गर्ने मात्र होइन काम गरेर देखाउने प्रण गरेका छौुं अध्यक्ष थापामगरले भने ।” न्यु सृष्टि दैनिकमा खबर छ  ।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : ०९:४७:२१ , ४ वर्ष अगाडि