लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

rss , ३६३  पटक हेरिएको

झापा, ८ असार । झापाको बिर्तामोड नगरपालिका(२ चारपानेबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् । विशेष सुचनाका आधारमा मंगलवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी लागूऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : १८:२८:०४ , २ वर्ष अगाडि