Enepal Patra Pvt. Ltd. , १४५६ पटक हेरिएको
५० शैयाको अस्पताल माग
पथरीशनिश्चरे, २ पुस
मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका लागि स्वास्थ्य मन्त्रालयसँग ५० शैयाको अस्पताल माग गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले ८१ हजार बढी जनसंख्या रहेको नगरमा ५० शैया बराबरको अस्पतालको आवश्यकता रहेकाले स्वास्थ्य तथा वातावरण मन्त्रालयमा सोको माग गर्ने निर्णण गरेको हो । हाललाई १५ शैयाको मात्र अस्पताल स्वीकृत भएकोमा स्थानीयले ५० शैयाको अस्पतालको मापदण्ड अनुसारको जग्गा उपलब्ध गराएको र थप जग्गा समेत उपलब्ध गराउन तयार भएपछि त्यस्तो माग गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
बैठकले, नगरको फोहोर संकलन गर्न फिल्डमा खटिने कर्मचारीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य विमा गरिदिने लगायतका निर्णय गरेको छ ।
हाल पथरीशनिश्चरे नगरपालिकामा एउटा नगर अस्पताल २ वटा स्वास्थ्य चौकी , शहरी स्वास्थ्य केन्द्र ३ वटा र खोप केन्द् १६ वटा ,गाउँघर क्लिनिक १२ वटारहेकाछन्
प्रकाशित मिति: २०१९-१२-१९ , समय : ०८:१४:०१ , ५ वर्ष अगाडि