मावि स्तरीय भलिबलमा शान्ति भगवती र ग्रीन भ्याल्ली बिजय

प्रशान्त निराैला , ५०९  पटक हेरिएको

लेटाङ , १० बैशाख । शान्ति प्रकृति बाल क्लबको आयोजनामा भएको मावि स्तरिय छात्र छात्रा भलिबल प्रतियोगिता समापन भएको छ । आज छात्रा तर्फ ग्रीन भ्याल्ली स्कुल र शान्ति भगवती बिच भएको खेलमा शान्ती भगवतिले जित निकाल्दै उपाधि आफ्नो हातमा पारेको छ ।
प्रथम हुनेले ९ हजार सहित ट्रफी मेडल प्राप्त गरेको छ । दोश्रो हुने ग्रीन भ्याल्लिले ६ हजार नगद सहित ट्रफी मेडल प्राप्त गरेको छ ।
छात्र तर्फ भएको फाईनल खेलमा ग्रीन भ्याल्लिले शान्ती भगवतिलाई पराजित गरेको छ । पुरुष तर्फ प्रथम हुने ग्रीन भ्याल्लिले नगद ९ हजार सहित मेडल ट्रफी प्राप्त गरेको छ । दितिय हुने शान्ति भगवतिले ६ हजार सहित ट्रफी मेडल प्राप्त गरेको छ ।

खेलमा पुरुष तर्फ शिक्षा बिकास , ग्रीन भ्याल्ली , जाँते मावि , शान्ति भगवति सहभागी थिए भने महिला तर्फ ग्रीन भ्याल्ली , शान्ती भगवती र शिक्षा बिकास सहभागी थिए ।
बिजेतालाई लेटाङ नगरपालिकाका लेटाङ नगरपालिकाका शिक्षा उपसचिव कृष्ण राज राईले पुरस्कृत गर्नुभयो ।

कार्यक्रममा उपसचिव कृष्ण राज राई , श्री प्रसाद ढकाल लगायतले शुभकामना दिनुभयो ।
कार्यक्रम शान्ति प्रकृति बाल क्लबका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : २०:४९:३५ , २ वर्ष अगाडि