रंगेली प्रहरी द्वारा १० थान हराएका मोबाईल फेला

Enepal Patra Pvt. Ltd. , ५९९  पटक हेरिएको

रबिन्द्र बराल
मंसिर २२ सोमबार । ईलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका ब्रान्डेट मोवाईल प्रहरीले फेला पार्न सफल भएको छ । प्रहरी रंगेली नगरपालिका ,सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका का स्थानीयहरुको दश वटा मोबाइल फेला पारेको छ । फेला पारेको सो मोवाईल सोमबार मोवाईल धनीहरुलाई हस्तान्तण गरेको छ । बिगत एक महिना अगाडि देखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आईमि नम्बर र लेखेर रंगेली प्रहरीलाई जिम्मा लगाएको थियोे ।

रंगेली प्रहरीले हराएका मोवाईल को लागि भिन्दै डेक्सको स्थापना गरि हराएका मोवाईल हरु खोज तलास गर्ने थालेको प्रहरीले जनाएको छ । ९ महिना अगाडिदेखि मोबाइल हराएपछि पुनः भेटिए पछि बाएपछि सुनवर्सिका सूर्यनारायण दासले भने आफूले हराएको मोवाईल पाउने आसै थिएन तर प्रहरीले यसरी खोजेर पुनः आफूलाई बोलाएर आफुलाई दिएको मा आफू निकै खुशी भएको र प्रहरीलाई धन्यवाद समेत दिएका छन ।
प्रहरीले बिरेन्द्र सिंह, बहादुर मण्डल ,सिता कुमारी राजवंशी , फिरोज मिया, सूर्य नारायण दास, लक्ष्मण शर्मा, खेम धिमिरे दिलिप कुमार साफि,मोहम्द कुर्वान,मौसम साह , लाई हराएको मोवाईल फिर्ता समेत गरेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रकाशित मिति: २०२०-१२-०७ , समय : १५:१९:२२ , ५ वर्ष अगाडि