Enepal Patra Pvt. Ltd. , ५५९ पटक हेरिएको

सिराज खान
नेपालगञ्ज, कात्तिक २६ गते । कोरोनाको नेगेटिभ पीसिआर रिपाेर्टलाई पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजेतिर अस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन जना कार्यालय सहयोगी सुरक्षा गार्ड कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र वासुदेव जोशी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पीसीआर परीक्षणका लागि गरिने सिफारिस पत्रमा किर्ते गरेको पाईएपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कर्मचारी र संलग्नहरुको बारेमा अनुसन्धान सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो ।
बीमा भुक्तानीका लागि नगेटिभ रिपोर्टलाई कर्मचारीको मिलेमतोमा पोजेटिभ बनाउने गरिएको आशंका गरिएको छ ।
प्रकाशित मिति: २०२०-११-१३ , समय : ०८:०७:१४ , ५ वर्ष अगाडि