दशै मनाउनेहरु कम्युनिष्ट हुनै सक्दैनन

Enepal Patra Pvt. Ltd. , ५४२  पटक हेरिएको

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीका नेताहरुले दसैँ मनाउने कोही पनि कम्युनिष्ट हुनै नसक्ने दावी गरेका छन् । उनीहरुले दशैँ मनाउनेहरुलाई अन्ध विश्वासीको संज्ञा दिदै आफुहरुले दशैँ नमान्ने गरेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले कम्युनिष्टहरुले धर्म नमान्ने भएकाले आफुहरुले दशैँ नमान्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “दशैँ मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन, कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वासै गर्दैन ।” कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उहाँको भनाई थियो ।

नेता गजुरेले आफु कहिल्यै मन्दीरमा नगएको र आगामी दिनमा पनि नजाने अठोट व्यक्त गर्नुभयो । उहाँले आफुसहित नेकपाका धेरै नेताहरुले दशैँ नमनाउने गरेको जानकारी दिनुभयो। आफुहरुधर्मको विपक्षमा रहेको आशय व्यक्त गर्दै उहाँले जनताले धर्म मानेकोप्रति भने कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो ।

नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उहाँकोटिप्पणी छ । आफ्ना अधिकांश कार्यकर्ता र समर्थकहरुलाई उहाँले घुमाउरो तरिकाले उहाँले सच्चा कम्युनिष्ट हुन नसकेको आरोप लगाउनुभयो । नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना विपरित दशैँ बहिस्कार गर्ने गरेका छन् ।

प्रकाशित मिति: २०२०-१०-२६ , समय : १४:२७:१९ , ४ वर्ष अगाडि