Enepal Patra Pvt. Ltd. , १२३८ पटक हेरिएको

बिराटनगर २३ असोज । शिक्षाका लागि रास्ट्रीय अभियान (एनसिई) मोरङको संयोजकमा शैक्षिक अभियान्ता तथा प्रध्यापक बिनोद भन्डारी चुनिनु भएको छ । मोरङ जिल्लाका एनसिए सदस्य संस्थाका प्रतिनिधिहरुको बिहिबार बिराटनगरमा भएको भेलाले भन्डारीलाई मोरङको संयोजकमा चयन गरेको हो । भन्डारी बिध्यार्थीकाल देखि नै शैक्षिक गुणस्तर, प्राबिधिक शिक्षा सहित आधुनिक शिक्षामा जोड दिदै आउनुभएको ब्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
भन्डारी प्रध्यापन गर्नुका साथै एनजिओकर्मी हुनुहुन्छ ।
प्रकाशित मिति: २०२०-१०-०९ , समय : १८:५१:३३ , ५ वर्ष अगाडि