भोजपुरका सांसद किराँती क्वारेन्टाइनमा

Enepal Patra Pvt. Ltd. , १६८१  पटक हेरिएको

भाेजपूर, ९ असार । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टाइनमा बसेका छन्।

काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन्।
सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए।

उनले भने, म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु। मानिसमा पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताए।

क्वारेन्टिनमा बसेर अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ। राजधानीमा रहदा उनको पिसिआर परीक्षण भइसकेको थियो । उनको रिपोर्ट नेगेटिभ छ । तरपनि बाहिर जिल्लाबाट आउदा क्वारेन्टाइनमा बस्नु उचित हुने भएकोले आफु क्वारेन्टाइन बसेको उनले बताए ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : १४:५२:०९ , ४ वर्ष अगाडि