भारतीय चिकित्सकलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउँ– डा.शर्मा

Enepal Patra Pvt. Ltd. , ११४१  पटक हेरिएको

बिराटनगर, २५ चैत । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित विदेशी डाक्टरहरुलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउँन माग गर्नु भएको छ । नेपालका बिभिन्न अस्पतालमा सयौंको संख्यामा भारतीयसहित बिभिन्न मुलुकका डाक्टरहरु बर्षैअघिदेखि कार्यरत रहेकाले उनीहरुलाई पनि स्वास्थ्य वीमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउँन डा.शर्माले माग गर्नु भएको हो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुँने र उनीहरु उच्च जोखिममा हुने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ । ‘कोरोना रोकथाम र संक्रमितसँगको फन्ट लाईनमा डाक्टरहरु नै हुन्छन् । यहाँ स्वदेशी मात्र नभई विदेशी डाक्टरहरु पनि धेरै छन् ।’ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भन्नुभयो –‘यस्तो बेला स्वदेशी विदेशीवीच फरक नछुट्याई सवै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्छ ।’
फरक प्रशंगमा उहाँले अहिले स्वदेशमै रहेकामा पनि संक्रमण देखा परिसकेकाले अब स्वाब परिक्षणको मात्रा बढाउँनुको विकल्प नभएको बताउनु भयो । शर्माले लक्षण नदेखिदै पनि संक्रमण भईसकेको हुनसक्छ । यस्तो अवस्थामा धेरै भन्दा धेरै व्यक्तिको परिक्षण गर्नुपर्छ ।’ संभावित महामारी रोकथामका लागि मुलुकका अधिकांस जिल्लामा परिक्षण गर्ने व्यवस्था मिलाएर हजारौं व्यक्तिको परिक्षण गर्ने वातावरण मिलाउँन डा.शर्माले सरकारलाई सुझाव दिनु भएको छ ।

प्रकाशित मिति: २०२०-०४-०७ , समय : २०:१४:३० , ४ वर्ष अगाडि