अस्पतालमा स्वास्थ्य बिमाको सेवा लिँदा डिजिटल कार्ड भए पुग्ने

Enepal Patra Pvt. Ltd. , ४  पटक हेरिएको

काठमाडौं, ९ मंसिर । सरकारले स्वास्थ्य बिमा सेवालाई सहज बनाउँदै लगेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सर्कुलर जारी गरेको छ ।

बोर्डले बुधबार परिपत्र जारी गर्दै बीमितले स्वास्थ्य सेवा लिन जाँदा परिचयपत्रको भौतिक प्रति नै हुनुपर्ने बाध्यता हटाएको छ ।

बोर्डले भौतिक परिचयपत्र साथमा नभएका कारण मात्रै बिरामीलाई सेवाबाट वञ्चित नगर्न निर्देशन दिएको हो । बीमितले अब स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक पेस गर्न सक्नेछन् । 

सेवा प्रदायक संस्थाहरूले पेस गरिएको कार्ड वा कागजातमा उल्लिखित स्वास्थ्य बीमा नम्बरलाई आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमामा आबद्ध भएरनभएको यकिन गर्नुपर्नेछ । बीमित भएको पुष्टि भएपछि स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न बोर्डले अनुरोध गरेको छ ।

भौतिक परिचयपत्र साथमा नभएको कारण देखाउँदै कुनै पनि बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत पाउनुपर्ने अधिकार र सेवाबाट वञ्चित नगर्न बोर्डले सचेत गराइएको छ ।

प्रकाशित मिति: २०२६-११-२५ , समय : १७:०६:११ , ४० मिनेटutes अगाडि