ईनेपालपत्र संबाददाता , ४ पटक हेरिएको
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह बालेन सँग भारत भ्रमणमा दुईजना मन्त्री मात्रै जाने भएका छन् ।
६ र ७ मंसिरमा हुने प्रधानमन्त्री शाहको भारत भ्रमणमा सुरुमा चारजना मन्त्री सहभागी हुने तय भएको थियो । तर बुधबार दुई मन्त्रीको नाम काटिएको हो ।
सुरुमा प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल भारत जाने चर्चा थियो । तर, अब परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ मात्रै भ्रमणमा सहभागी हुन तय भएको स्रोतले जनाएको छ ।
भारतसँग हवाई रुट र जलविद्युतमा महत्वपूर्ण सम्झौता हुने बताइएको छ ।
प्रकाशित मिति: २०२६-११-१८ , समय : ११:१८:२८ , २५ मिनेटutes अगाडि