सुनको भाउ तोलामा आठ सयले बढ्यो, चाँदीको घट्यो

ईनेपालपत्र संबाददाता , ७  पटक हेरिएको

काठमाडौं, १० कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला तीन हजारले बढेर दुई लाख ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर तीन हजार ९७० रुपैयाँ कायम छ । सोमबार चाँदीको मूल्य तीन हजार ९९५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति: २०२६-१०-२७ , समय : ११:५०:०४ , २ घन्टा अगाडि