६०० ग्रामभन्दा बढी सुन बोकेका दुईजना पक्राउ

Enepal Patra Pvt. Ltd. , १०  पटक हेरिएको

न्यूज कारखाना

रौतहट, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय अनिस अन्सारी र भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्।

कतारको दोहाबाट काठमाडौं आएका अन्सारीलाई विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

त्यस्तै, थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको छ।

दुवै जनाको साथबाट बरामद सुनसहित उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२४ , समय : १६:२०:३० , २ घन्टा अगाडि