निरोज ढकाल , ८ पटक हेरिएको
काठमाडौँ — नेपालमा छोचेन खोला नदीआसपासको प्रभाव क्षेत्रमा रहेका हिमनदी अझै पनि खस्न सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
लाङटाङ लिरुङको उत्तरी मोहडामा १० भदौमा हिमचट्टानसहितको पहिरो खसेको थियो । उक्त पहिरोपछि ल्हेन्दे खोला थुनिएर आएको बाढीले ९ सयभन्दा बढीको ज्यान गएको छ भने करिब ४ हजार सम्पर्कविहीन छन् । त्यस्तै बाढीले सडक, पुल, भवनलगायतका भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्यायो ।
मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएको तस्बिरअनुसार नेपालतर्फ चोछेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश रूपमा बगिसकेको र तल्लो क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा फर्किएको छ । तर प्रभाव क्षेत्र आसपासका हिमनदीहरू खस्ने जोखिम भने अझै कायम रहेको जनाइएको सीसीटीभीले उल्लेख गरेको छ ।
तिब्बतको केरुङ काउन्टीमा भएको लेदोसहितको बाढीसम्बन्धी विपद्को समग्र जोखिमबारे चीनको जलस्रोत मन्त्रालयले निरन्तर छलफल तथा जोखिम मूल्यांकन गरिरहेको सीसीटीभीले जनाएको छ ।
हालै गरिएको भू-उपग्रह तस्बिरको तुलनात्मक विश्लेषणअनुसार केरुङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन र समग्रमा ती स्थिर अवस्थामा रहेको पनि चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: २०२६-०९-०१ , समय : १९:१६:३० , २ घन्टा अगाडि