ईनेपालपत्र संबाददाता , ९ पटक हेरिएको
काठमाडाैं, १५ भदाैं । रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कोही पनि फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनमार्फत खोजी गर्दा पनि कोही फेला परेनन्।
सुरुङभित्र कोही पनि नरहेको पुष्टि भएसँगै उद्धार कार्य सम्पन्न गरी नेपाली सेनाको टोली धुन्चे फर्किएको छ।





प्रकाशित मिति: २०२६-०८-३१ , समय : १८:३१:५५ , २ घन्टा अगाडि