संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

ईनेपालपत्र संबाददाता , ६  पटक हेरिएको

काठमाडौं, ८ भदौं । संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन ।

 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बोलाइएको छ। जुन बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथी छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीका बारेमा छलफल हुनेछ, जुन बैठक बिहान १०ः०० बजेवाट सुरू हुनेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गरिदैँछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ  ।

 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो २ः०० बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : १०:२७:०५ , २ घन्टा अगाडि