Enepal Patra Pvt. Ltd. , १५२ पटक हेरिएको
काठमाडौं, १९ साउन । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो वर्षको तुलनामा १०३६.४६ प्रतिशत अर्थात् १० गुणाभन्दा बढी वृद्धिको आम्दानी हो।
कम्पनीको सञ्चालन नाफा २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको महुली लिमिटेडले जनाएको छ।
यसैगरी कम्पनीको प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ ५८ पैसा रहेको छ। साथै, खराब कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ।
प्रकाशित मिति: २०२६-०८-०४ , समय : १०:२६:२५ , २ महिना अगाडि