लेटाङ डान्स च्याम्पियनमा २२ जना ग्रान्ड फाइनलमा प्रवेश
ईनेपालपत्र संबाददाता ,
१६ पटक हेरिएको
लेटाङ, १४ असार। आर.ए. डान्स स्टुडियोद्वारा आयोजित “लेटाङ डान्स च्याम्पियन सिजन–२” को सेमिफाइनल राउण्ड सम्पन्न भएको छ। सेमिफाइनलमा कुल ७६ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सिनियरतर्फ १० जनामध्ये ५ जना र जुनियरतर्फ ६६ जनामध्ये १७ जना गरी कुल २२ जना प्रतियोगी ग्रान्ड फाइनलका लागि छनोट भएका छन्।
जुनियरतर्फ सोनहाङ राई, वर्षा राई, शुभेक्षा पोखरेल, सृष्टि राई, टिला महत, जिना लिम्बु, क्रिस्टिना लिम्बु, साक्षी राई, अर्जु भट्टराई, अरुणिका सार्की, क्रिस्टिना बराइली, समाना लिम्बु, स्वस्तिका तामाङ, निहारिका कटुवाल, पासाङ लामु शेर्पा, ओलिप राई र अंशु लोहानी ग्रान्ड फाइनलका लागि छनोट भएका छन्। त्यसैगरी सिनियरतर्फ एन्जल मिश्रा, अर्जु सुनाम, युनिषा भण्डारी, हिमाशी बिके र करिश्मा सिवा फाइनलमा प्रवेश गरेका छन्।
सेमिफाइनल राउण्डको निर्णायकका रूपमा नृत्य निर्देशक तथा Boom Boom Dance Studio का सिबा मोक्तान रहनुभएको थियो। उहाँको निष्पक्ष मूल्याङ्कन र सुझावप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। “लेटाङ डान्स च्याम्पियन सिजन–२” को ग्रान्ड फाइनल आगामी साउन ९ गते शनिबार आयोजना हुने आयोजक आर.ए. डान्स स्टुडियोले जनाएको छ। छनोट हुन नसकेका प्रतियोगीहरूलाई पनि निरन्तर अभ्यास र मेहनत गर्दै अघि बढ्न आयोजकले आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०६-२८ , समय : ११:०१:५६ , ३ घन्टा अगाडि