विराटनगर जेसीज–ओरो डेन्टलबीच सम्झौता(MOU) भएको छ 

निरोज ढकाल , ५९  पटक हेरिएको

विराटनगर, असार १२, २०८३ (२६ जुन २०२६)

युवा नेतृत्व विकास, सामुदायिक सेवा तथा सकारात्मक सामाजिक परिवर्तनका क्षेत्रमा सक्रिय विराटनगर जेसीज र ओरो डेन्टल केयर बीच आज समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौतासँगै विराटनगर जेसीजका सदस्य तथा उनीहरूका नजिकका परिवारका सदस्यहरूले गुणस्तरीय दन्त स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन्।

सम्झौताअनुसार सदस्यहरूले निःशुल्क ओपीडी तथा दन्त परामर्श सेवा, डिजिटल एक्स–रे (RVG) मा ५०% छुट, सम्पूर्ण दन्त उपचारमा २०% छुट तथा डेन्टल स्केलिङमा २६% छुट प्राप्त गर्नेछन्।

यस सहकार्यको मुख्य उद्देश्य दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै विराटनगर जेसीजका सदस्यहरूलाई सहज, गुणस्तरीय तथा किफायती दन्त स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।

सम्झौताअनुसार विराटनगर जेसीजले आफ्ना सदस्यहरू,जुनियर जेसीज एवं जेसी बिद्यालय र जेसीजको परिवार समेत लाई छुट हुने गरि MOU गरेको छ ।यस सहकार्यबारे प्रभावकारी प्रचारप्रसार गर्ने, सदस्यको पहिचान प्रमाणीकरण गर्ने तथा आवश्यक समन्वय गर्नेछ। त्यसैगरी विराटनगर ओरो डेन्टल केयरले सम्झौताअनुसारका सम्पूर्ण सेवा तथा सहुलियतहरू उच्च गुणस्तरसहित उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस सहकार्यबाट विराटनगर जेसीजका सदस्य तथा उनीहरूका परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ। साथै, भविष्यमा स्वास्थ्य तथा सामुदायिक सेवा सम्बन्धी यस्ता सहकार्यलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने लक्ष्य रहेको छ सम्झौता जेसीज अध्यक्ष कबिराज दाहाल र डेन्टल का संचालक डाक्टर बिबेक मेहताले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बिराटनगर जेसीजका कर्पोरेट कोअर्डिनेटर प्रकाश सुबेदी,कार्याकारीणी उपाध्यक्ष अनुज दाहाल,उपाध्यक्ष अमित कर्ण विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलले जानकारी दिएकी छन्।

प्रकाशित मिति: २०२६-०६-२८ , समय : ०७:३५:४२ , ३ घन्टा अगाडि