निरोज ढकाल , ८ पटक हेरिएको
गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा नागरिक सुरक्षालाई पहिलो प्राथमिकता दिइएको बताउँदै आधुनिक प्रविधिमार्फत पहिरो निगरानी र उद्धार प्रणाली सुदृढ बनाइने जानकारी दिएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले मोबाइल एपमार्फत जोखिमयुक्त क्षेत्र पहिचान, डोजर तथा उपकरणको अवस्थाबारे तत्काल जानकारी र छिटो प्रतिक्रिया दिने प्रणाली लागू गरिने बताए।
उनका अनुसार, “डोजर कहाँ छन् भन्ने रियल–टाइम जानकारी दिने एप विकास गरिएको छ, जसले आपतकालीन अवस्थामा तुरुन्त बाटो खुलाउने र उद्धार कार्यलाई प्रभावकारी बनाउनेछ।”
मन्त्री गुरुङले विगतका विपद व्यवस्थापनका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै यसपटक नागरिकलाई लामो समय बाटोमै अलपत्र पर्न नदिने गरी तयारी गरिएको बताए।
प्रकाशित मिति: २०२६-०६-१८ , समय : १२:५९:०५ , ३ घन्टा अगाडि