आज पोखरामा कांग्रेस संस्थापन इत्तर पक्षधरको बृहत भेला

ईनेपालपत्र संबाददाता , १२  पटक हेरिएको

पोखरा, ९ बैशाख । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज पोखरामा प्रदेश स्तरीय बृहत् भेला गर्ने भएको छ ।

सो भेलामा प्रदेशका ११ वटै जिल्लाबाट नेता कार्यकर्ताको उपस्थितिसहित वृहत् भेलाको तयारी गरेको हो ।

कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार पार्टी बिभाजनको उदेश्यले नभइ कार्यकर्ताको मनोबिज्ञान र राय लिनका लागि सो भेला गरिन लागिएको हो ।

 

काठमाडौं, अनामनगरमा संस्थापन इत्तर पक्षले बेग्लै कार्यालय स्थापना गरी गतिबिधि सुरू गरेको र नयाँ पार्टीको तयारी गरिरहेको बेला संस्थापन इत्तर पक्षले गण्डकी प्रदेशस्तरीय अलग भेला गर्न लागेको हो ।

प्रकाशित मिति: २०२६-०५-२३ , समय : ०८:०२:३१ , २ घन्टा अगाडि