सरकारको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन स्थगित

प्रशान्त निराैला , १४५  पटक हेरिएको

काठमाडौँ, १० बैशाख। राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल का अनुसार सरकारको सिफारिसअनुसार अधिवेशन स्थगित गरिएको हो। यसअघि वैशाख ९ गते राष्ट्रपतिले मन्त्रिपरिषद्कै सिफारिसमा वैशाख १७ का लागि अधिवेशन आह्वान गरेका थिए।

तर, वैशाख १० गते सरकारले अधिवेशन रोक्न राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। उक्त पत्रमा अधिवेशन स्थगित गर्नुपर्ने विशेष कारण उल्लेख गरिए पनि पुनः कहिले बोलाउने भन्ने मिति भने खुलाइएको छैन।

राष्ट्रपति कार्यालयले यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् निर्णयका आधारमा अधिवेशन आह्वानको सूचना जारी गरेको थियो।

प्रकाशित मिति: २०२६-०४-२३ , समय : १८:२१:२७ , ३ महिना अगाडि