पूर्व काठमाडौं सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन आरोपमा अनुसन्धान तीव्र

निरोज ढकाल , १६  पटक हेरिएको

 

काठमाडौं, १७ चैत । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनी जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए ।

 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा रिजाललाई पक्राउ गरिएको हो । उनले आन्दोलनका क्रममा घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मौखिक आदेश दिएको स्वीकार गरेका छन् भने सिधै गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । आन्दोलनपछिको आलोचनापछि उनी एक महिनाभित्रै सीडीओ पदबाट बाहिरिएका थिए ।

 

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालमाथि कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् । रिजालमाथि यसअघि गृह मन्त्रालयमा कार्यरत रहँदा अनियमितता र भ्रष्टाचारसम्बन्धी अनुसन्धान पनि भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०२६-०३-३१ , समय : १०:५१:१५ , ३ घन्टा अगाडि