रास्वपा सभापति लामिछानेको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

प्रशान्त निराैला , १२  पटक हेरिएको

काठमाडौं, ९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ हुँदै छ ।

सर्वोच्चको माग अनुरूप आइतबार महान्यायाधिवक्ताको कार्यालयले सभापति लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधन सम्बन्धी फाइल सर्वोच्चमा पेश गरेको हो । उक्त फाइलमाथि सोमबार बहस हुने भएको छ। सर्वोच्चका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा मुद्दाको सुनुवाइ जारी छ । गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो ।

महान्यायाधिवक्ता भण्डारीको सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रकाशित मिति: २०२६-०३-२३ , समय : १०:२९:१७ , ३ घन्टा अगाडि