निरोज ढकाल , २५ पटक हेरिएको
लेटाङ, १ चैत। लेटाङ नगरपालिकाले बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेका ५ वटा स्वास्थ्य संस्थालाई तत्कालका लागि बन्द गरेको छ।
वडा नं. २ का स्वास्थ्य संस्था, वडा नं. ९ को एउटा र वडा नं. ८ जाँते बजारको अर्को सहित जम्मा पाँच संस्था बन्द गरिएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार औषधि पसलमा अनिवार्य रूपमा हुनुपर्ने फार्मेसिस्ट अनुपस्थित हुनु, केही संस्थाले अनुमति नलिई सञ्चालन गरेको पाइिनु लगायतका कारण सुधार नहुँदासम्मका लागि बन्द गरिएको हो। अनुगमनका क्रममा कर चुक्ता नगरेको, दर्ता तथा अनुमतिपत्र नलिएको र म्याद गुज्रिएका औषधि समेत फेला परेको जनाइएको छ।
अनुगमन टोलीमा नगर उपप्रमुख कृष्ण कुमारी निरौला, राजश्व शाखा प्रमुख सुश्मा कोईराला, योजना प्रमुख चेतनाथ गौतम, स्वास्थ्य शाखा प्रमुख इन्द्रमणि अर्याल, उद्योग वाणिज्य संघका महासचिव नेत्र निरौला, पत्रकार, सुरक्षाकर्मी तथा नगर प्रहरीको सहभागिता रहेको थियो।
नगरपालिकाले केही दिनभित्र मापदण्ड नपुगेका अन्य स्वास्थ्य संस्थाहरूमा पनि जिल्ला पजनस्वास्थ्य कार्यालय (डिडिए)का प्रतिनिधिसहित पुनः अनुगमन गरी आवश्यक थप कारबाहीका लागि सिफारिस गरिने जनाएको छ।
प्रकाशित मिति: २०२६-०३-१६ , समय : ०५:०९:०७ , ४ घन्टा अगाडि