निशा दाहाल , ८९ पटक हेरिएको

पथरी शनिश्चरे, १२ असार । पथरी शनिश्चरे नगरपालिका–६ मा एक पुरुषले झुन्डिएर आत्महत्या गरेका छन्। आज बिहान २०८२ असार १२ गते, नारायण अधिकारी नामका व्यक्ति आफ्नै घर नजिकको आँपको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।
स्थानीय बासिन्दाले झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ भने सुरक्षाका लागि क्षेत्रलाई पहेँलो टेपले घेरिएको छ।
प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टर पठाइएको छ। प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ भने आत्महत्याको कारण खुल्न बाँकी छ।
प्रकाशित मिति: २०२५-०६-२६ , समय : १२:५०:५० , २ हप्ता अगाडि