प्रशान्त निरौला , १८४ पटक हेरिएको

कानेपोखरी,२ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको बजेटमा कुल ६५ करोड ५७ लाख २५ हजार रुपियाँको अनुमानित आम्दानी प्रस्तुत गरिएको छ।गाउँपालिकाले विभिन्न संघीय र प्रदेश अनुदानमार्फत ५८ करोड ५७ लाख २५ हजार रुपियाँ प्राप्त गर्नेछ।
यसमा संघीय वित्तीय सामान्यीकरण अनुदान १२ करोड ८८ लाख, संघीय सशर्त अनुदान २४ करोड ३९ हजार, संघीय राजस्व बाँडफाँडबाट प्राप्त अनुदान १० करोड २६ लाख, संघीय समपूरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सामान्यकरण अनुदान ८१ लाख ३४ हजार, प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ५२ लाख २९ हजार, प्रदेश सशर्त अनुदान ५९ लाख २३ हजार, प्रदेश समपूरक अनुदान १ करोड, घरजग्गा रजिस्ट्रेसन आय १ करोड ५० लाख, वडा कार्यालयहरूबाट प्राप्त हुने आय २ करोड, र चिसाङ खोलाबाट प्राप्त हुने आय २ करोड रुपियाँ रहेका छन्। थप ३ करोड बैंक मौज्दात र ४ करोड अन्य स्रोतहरूबाट जुटाइनेछ।अध्यक्ष राजमती इङ्नामले बजेट सार्वजनिक गर्दै स्थानीय जनताको जीवनस्तर उकास्न र विकासमा जोड दिने योजना रहेको बताइन्।
प्रबक्ता सुशील बुढाथोकीले बजेटमा प्राविधिक विधामा रोजगारी सिर्जना, कानेपोखरीका छोराछोरीको शिक्षा, सासुको इच्छा बुहारीलाई शिक्षा, छात्रासँग अध्यक्ष कार्यक्रम, नागरिक सहायता, घरमै गएर जन्मदर्ता अभियान, भूमि सम्बन्धी कार्य, कोशेली घर निर्माण, कानेपोखरी सञ्चार कार्यक्रम, र गुन्द्रकको ब्रान्डिङमा विशेष ध्यान दिइएको जानकारी दिए।यस कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्थानीय उत्पादन गुन्द्रकलाई पुनः ब्रान्डिङ गर्न बजेट विनियोजन गरेको जनाउनिभयो।
प्रमुख प्रशासनिक अधिकृत हिरा यादबले नीति, कार्यक्रम र बजेटको बारेमा सकारात्मक दृष्टिकोण राख्दै, यसले विकास र समृद्धिमा योगदान पुर्याउने बताउनुभएको छ। उहाँले समुदायको सहभागिता र सहकार्यको महत्त्व पनि औंल्याउनुभएको छ।
प्रकाशित मिति: २०२४-०७-१७ , समय : ०९:५२:०७ , १२ महिना अगाडि