प्रशान्त निराैला , २५३ पटक हेरिएको

लेटाङ, २६ पुस । चिसाङ सामुदायिक बनको अध्यक्षमा पुन धनवहादुर लिम्बु सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बुधवार उक्त सामुदायिक बनको २४औ साधारण सभा तथा १०औ अधिवेशन वाट नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा इन्द्र खतिवडा,सचिब मन्जु खतिवडा,सहसचिव रोहित खतिवडा, कोषाध्यक्ष सबिता लिम्बु सहितको नयाँ कार्यसमिति चयन भएको हो । बन नियमावलि २०७९को नियम ४२ को ८ बमोजिम नयाँ कार्यसमिति निर्विरोध चयन भएका हुन ।
लेखा समितिमा हरिराज भण्डारीको संयोजकत्वमा ३ सदस्य समिति बनेको छ ।
साधारण सभा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती प्रमुख अतिथी, वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाको विशिष्ठ आतिथ्यता, सामुदायिक बन उपभोक्ता महासंघकी उपसहसचिव सिता श्रेष्ठ , प्रदेश महासंघ सचिव रेनुका दाहाल ,सचिबालय सदस्य अग्नि पौडेल ,सव डिविजनका कार्यलयल लेटाङका प्रमुख सत्यनारायण झा लगायत रहनुभएको थियो ।
वार्षिक साधारण सभामा अध्यक्ष,सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पारित समेत गरेको थियो । संस्थाले ६३लाख २०हजार ८सय ९०रुपैया ७५ पैसाको आम्दानी तथा खर्च सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति: २०२४-०१-११ , समय : १०:२८:१७ , १ वर्ष अगाडि