कमलपुर सामुदायिक बन देश भरमै उत्कृष्ट, सरकारले गर्यो एक लाख रुपैया पुरस्कारले सम्मान

प्रशान्त निराैला , ४११  पटक हेरिएको

लेटाङ, ३० अशोज । यस बर्षको गणेशमान सिह सामुदायिक बन प्रथम राष्ट्रिय पुरस्कार वाट मोरङको लेटाङ नगरपालिका ३ मा रहेको कमलपुर सामुदायिक बन पुरस्कृत भएको छ ।
सामुदायिक बन दिवश २०८० को अवशरमा नेपाल सरकार बन तथा बातावरण मन्त्रालय, बन तथा भु संरक्षण विभाग द्धारा नगद १ लाख रुपैया सहित पुरस्कृत गरेको हो ।
काठमान्डौमा आयोजित कार्यक्रममा बन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो, मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल, बन तथा भु संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले संयुक्त रुपमा कमलपुर सामुदायिक बनका अध्यक्ष गोपाल श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
विभागले देशभरका २२ हजार ५ सय सामुदायिक बन मध्ये लेटाङको शिर उचो पार्दै पुरस्कार प्राप्त गर्न सफल भएको हो । सामुदायिक बनको संरक्षण, सम्वर्धन, दिगो उपयोग, बातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवंम गरिवी न्युनिकरणमा समेत पुर्याएको योगदानको मुल्याङकन गर्दै पुरस्कृत भएको हो ।
नेपालकै उत्कृष्ट वन हुन सफल कमलपुर सामुदायिक बनले मोरङ जिल्लाकै शिर उचो बनाएको डिभिजन बन कार्यालय मोरङका बन अधिकृत राम लखन ठाकुरले बताउनुभयो ।
बन समुहलाई उत्कृष्ट बनाउन भुमिका निर्वाह गरेको भन्दै डिभिजन बन कार्यालय मोरङलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२३-१०-१८ , समय : १९:२६:४३ , २ वर्ष अगाडि