शुनिल शर्मा रोए बिगत सम्झिएर

ईनेपालपत्र समाचारदाता , ३००  पटक हेरिएको

विराटनगर , २८ भदौ । त्यो बेला उनको केही थिएन, सुकुम्वासी थिए । दुई छाक खान लाउन हम्मेहम्मे हुन्थ्यो । धेरै पछि पनि उनी बेलबारीमा क्यारेमबोर्ड समेत खेलाएर जिविका चलाउँथे । साइकलमा हिड्दा गौरव महसुस गर्थे ।
आज समुन्नत मुकाममा छन् र हजारौलाई सहयोग गर्ने हैसियतमा छन्, गरिरहेका पनि छन् । लामो समयपछि डा. सुनिल शर्मा यसै हप्ता मधुमल्ला दुम्से दमक पुगे जहाँ उनी जन्मिएका थिए । आफ्नो जन्मस्थान पुगेपछि उनी अतितमा फर्केर धरधरी रोएँ। आफुसित गएका संचारकर्मीलाई बाल्यकालबारे बताए । उनको आँसु पहिलो पटक क्यामेरामा देखियो ।
शून्यबाट माथि उठेका डा. शर्मा दुम्सेको गोठमा जन्मेका हुन् । उनलाई मामा घरको हजुरआमाले पालेकी हुन् । हजुरआमासित भेटेपछि उनी भक्कानिए। उनी धरधरी रोएको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ। नोबेल मेडिकल, केएमसी कलेजका संचालक डा. शर्मा प्रतिनिधि सभाका सांसद हुन् ।
कांग्रेसका नेता डा. शर्माले आफ्नो बाल्यकालको अभावग्रस्त जीवन सम्झेर पनि वर्षेनी हजारौंलाई निःशुल्क स्वास्थ्य उपचार गराउँछन् । सूत्रको दावी विपन्न परिवारका विद्यार्थीलाई नर्स, डाक्टर पनि बनाइरहेका छन् ।
‘मलाई धेरैपछि जन्मेको ठाउँ बाँडफाँडमा जान मन लाग्यो’ डा. शर्माले भने, ‘गाउँ पुग्दा भक्कानिएँ, म त्यो अभावग्रस्त जीवनमा पुगे र रुन थालेछु।’ त्यो बेला शर्माको परिवारलाई साढे ३ लाख कोण बियो। उनकी आमाले ऋण चुकाउन नसक्दा ‘बरु मेरो किड्नी बेविदेओ न’ भनेको पनि सुनाएका छन् । अतित सम्झेर पटक-पटक डा. शर्मा भक्कानिएका थिए।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : १०:५३:५५ , २ वर्ष अगाडि