ईनेपालपत्र , २३० पटक हेरिएको

अभिषेक पाैडेल
लेटाङ, २६ साउन । नेशनल लाईफ ईन्सुरेन्स द्धारा मृत्यु दावि भुक्तानी गरेको छ । केरावारी गाउँपालिका वडा नं. २ चिसापानी बस्ने धनवहादुर ईवा लिम्बुले श्रीमती सिता मायाँ लिम्बु र छोरा फिलेमान लिम्बुकोे नाममा एक बर्ष अगाडी २ लाख ५० हजार विमाङ्कको बार्षिक १६ हजार ५ सय रुपैया किस्ता बुझाउने गरि बाल अमृत विमा गराएका थिए ।
विमा गरेको एक बर्ष पनि नपुगी श्रीमती सितामायाँ लिम्बुको निधन भएपछि मृत्यु दावी वापत २ लाख ५० हजार रुपैया लिम्बुले भुक्तानी लिनुभएको हो । स्थानिय अभिकर्ता पिमुख लिम्बु मार्फत लिम्बुले एक बर्ष अघि नेशनल लाईफ ईन्सुरेन्समा विमा गराएको थिए ।
१ किस्ता मात्र विमाको किस्ता बुझाएका लिम्बुले अव विमाको किस्ता बुझाउनु नपर्ने र बच्चा १८ बर्ष पूरा भएपछि पुनः २ लाख ५० हजार रुपैया प्राप्त गर्ने लेटाङ एजेन्सी प्रमुख पूर्ण लिम्बुले जानकारी दिनुभयो ।
लेटाङ एजेन्सीको कार्यालयमा भएको कार्यक्रममा पथरी शाखा प्रमुख रविन्द्र लिङदमले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा स्थानिय विमा अभिकर्ता तथा विमितका आफन्तहरुको सहभागिता रहेको थियो ।
विमा गरेका कारण आफु आर्थिक संकट पर्न वाट जोगिएको लिम्बुले बताउनुभयो । श्रीमतीको वियोग संगै आर्थिक चपेटामा समेत पर्नुभएका लिम्बुले बिमा भुक्तानी रकम पाएपछि सहज भएकाे र यो रकम छोराछोरीको शिक्षादिक्षामा खर्च गर्ने समेत बताउनुभयो । उहाँले नेशनल लाईफलाई धन्यवाद समेत दिनुभयो ।
प्रकाशित मिति: २०२३-०८-११ , समय : १८:२०:५८ , २ वर्ष अगाडि