अत्याधिक गर्मिका कारण लेटाङ सबै बिध्यालय ४ दिन बिदा

अभिषेक पौडेल , ४८१  पटक हेरिएको

अभिषेक पौडेल

लेटाङ, २० जेठ । अत्याधिक गर्मिका कारण पठनपाठनमा समस्या देखिएकाले ४ दिनका लागि लेटाङका सबै बिध्यालय बिदा गरिएको छ ।

विगत केही दिनदेखि बढ्दो गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न कठिनाई भैरहेको र जल तथा मौसम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाको तातो हावा तथा लु सम्बन्धी विशेष बुलेटीनमा समेत तराई भू-भागमा आगामी बुधबारसम्म तातो हावा र लु लाग्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन चेतावनी तथा परामर्श जारी भएकोले मिति जेठ २१ आइतबार देखि जेठ २४ गते बुधबारसम्म चार दिन वर्षे विदा गर्न नगरपालिकाले सबै बिध्यालयलाई निर्देशन गरेको छ ।

नगरपालिकाले असार महिनाको वर्षे विदा सुरू हुने दिन विशेष वर्षे विदाको अवधि कट्टा गरेर मात्र सुरू हुने भएकोले सोही अनुसार व्यवस्थापन गर्न समेत नगरपालिकाले जारी गरेको सूचना मार्फत जानकारी गराइएको छ ।

पूर्वनिर्धारित परीक्षा र तालिमका कार्यक्रमहरू भने सम्बन्धित निकायले तोकेबमोजिम नियमित सञ्चालन हुनेछन् समेत जनाईएको छ ।

प्रकाशित मिति: २०२३-०६-०३ , समय : २०:१७:५४ , ३ वर्ष अगाडि