राधा माधब समिति उर्लाबारीद्वारा न्यानो कपडा बितरण

ईनेपालपत्र समाचारदाता , ३३८  पटक हेरिएको

उर्लाबारी, २६ पुष । जगद्गुरुत्तम् दिवसको उपलक्षमा आयोजित हरिगुरु प्रित्यर्थ न्यानो बस्त्र राधिका मा. वि. उर्लाबारी-७ मा वितरण भएको छ ।

राधा माधब समिति नेपाल, उर्लाबारीको आयोजनामा भएको कार्यक्रममा विद्यालयका २९ जना साना नानीहरुलाई उनीको स्वीटर तथा टोपीका साथै स्टेशनरीका सामान वितरण गरिएको छ । सो अवसरमा प्रमुख अतिथि वडा नं. ७ की अध्यक्ष उर्मिला थापा, ४ का अध्यक्ष कल्याण कुमार राई, बिद्यालयका अध्यक्ष जितबहादुर खत्री, प्रधानाध्यापक सुभाष सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सभापति पुनम घिमिरेले सेवाभावका साथ नेपालका ६६ जिल्लामा यस्ता कार्यक्रम भइरहेको बताएकी छन् । कार्यक्रममा सविना राणाले स्वागत र यमुना भट्टराईले सञ्चालन गरेकी थिइन् । यस संस्थाले गतसाल सृजना आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१० , समय : ०७:२३:३६ , ३ वर्ष अगाडि