पथरीमा विपद व्यवस्थापन तालिम

ईनेपालपत्र , ४५२  पटक हेरिएको

पथरीशनिश्चरे ,७ भदौ  । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा जनप्रतिनिधिहरुका लागि विपद जोखिम व्यवस्थापन सम्बन्धी २ दिने तालिम आज सुरु भएको छ ।
तालिम उद्घाटनका अवसरमा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नगरको विपद व्यवस्थापनका लागि ऐन समेत बनाएर योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताउनु भयो ।
युएसएआइडी र आइओएमको सहयोगमा नेस्ट सहितका संस्थाहरुको सहकार्यमा संघीय सरकारले आयोजना गरेको तालिममा पालिकास्तरको विपद व्यवस्थापन योजनाहरुको तयारी लगायतका सम्बन्धमा छलफल भएको छ ।
विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका समेत हस्तान्तरणपछि आन्तरिक मामिला तथा कानून मन्त्रायलका तेजप्रसाद सुब्बा र विजयकुमार मगरले तालिमको सहजिकरण गर्नुभयो । तालिममा, नगर प्रमुख तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती सहित कार्यपालिका सदस्यको सहभागिता गराइएको छ ।

प्रकाशित मिति: २०२२-०८-२३ , समय : १९:४६:३७ , ३ वर्ष अगाडि