enepalpatra , ४२७ पटक हेरिएको
विराटनगर, २४ साउन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा स्थायी राजधानीका संरचना बनाउन आवश्यक सबै सहयोग गर्ने र विराटनगर बाहिर संरचना बनाउन खोजिए कसैसंग सम्झौता नगर्ने बताएका छन्
विराटनगरमा सोमवार आयोजित बुढी खोला तथा केसलिया नदी करिडोर सरक्षण तथा विकास योजना सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न महानगरले सहयोग गर्न तयार रहेको बताए
प्रदेश १ को स्थायी राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको र त्यसले जग्गाको खोजी गरिरहेको सन्दर्भमा बोल्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण हुनुपर्ने बताए।
सरचनाहरू निर्माण भइसकेका छन् उनले भने, प्रदेशका संरचना निर्माणका लागि जग्गा आवश्यक परे महानगरले उपलब्ध गराउछ ।’
बृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर प्रदेश सरकारले विराटनगरलाई राजधानी केन्द्र तोकेको थियो । जसले विराटनगरभन्दा बाहिर पनि राजधानीका संरचना निर्माण गर्नसक्ने अवस्था सिर्जना गरेको थियो । सेयर कोइरालाले प्रदेश सरकारले औपचारिक रूपमा महानगरलाई जग्गाका लागि आग्रह गरेको खण्डमा उपलब्ध गराउन तयार रहेको मेयर कोइरालाले बताए ।
‘अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन भनेर औपचारिक एउटा पनि पत्र आएको छैन कोइरालाले भने, ‘कार्यक्रममा भेटेका बेला लु जग्गा उपलब्ध गराइदिनुहोस् भनेर त भएन नि, सबैको आफ्नै विधि र विधान हुन्छ, महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउछौ।
उनले राजधानीका संरचना एकै ठाउँमा हुनुपर्ने बताए । एउटै हाताभित्र संसदसहित सबै मन्त्रालय भएमात्रै सेवा प्रवाह सहज हुने मेयर कोइरालाले मुख्यमन्त्री र अन्य मन्त्रालयहरू बताए। उनले मन्त्रालयहरू छरदा संसद सञ्चालनमा समेत समस्या
आउने तर्क गरे । एकजना मन्त्री संसदमा उपस्थित नभई संसद सुचारु हुँदैन, टाढाबाट मन्त्री आउँदा समय पनि खेर जान्छ एउटै पर्खालभित्र संसद, भएमा जनतालाई मात्रै होइन मन्त्रीहरूलाई पनि धेरै सहज हुन्छ
उनले भने, ‘राजधानी भनेको अंशवण्डा गरेजस्ती होइन, धेरैतिर संरचना छरिदा मन्त्रालयहरूबीच समन्वयको अभाव हुन्छ, प्रदेशसभा र मन्त्रिपरिषद कार्यालय आउंदा र सेवा जाँदा समय बर्बाद हुन्छ, इन्धन तहबाट खर्च हुन्छ हामीले एउटा सबै कोणबाट हेर्नुपर्छ”
प्रकाशित मिति: २०२२-०८-०९ , समय : ०९:५३:४० , ३ वर्ष अगाडि