सुपारीको डीएनए परीक्षण गर्नुपर्ने

enepalpatra , ५१९  पटक हेरिएको

लेटाङ , १४ साउन । नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको ठाउँ परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रूपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजतभन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो । समितिले आजकाे बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ ।

बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषि ज्ञान र नेपाल उद्योग वाणिज्य सङ्घले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्‍याएर निर्यात गर्न दिने गरेको बताउनुभयो ।

केही दिनअघि विराटनगर भन्सारबाट भारत निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशङ्कामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहमा समेत सम्बन्ध जोड्न थालिएको छ ।

केही दिनअघि विराटनगर भन्सारबाट भारत निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशङ्कामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहमा समेत सम्बन्ध जोड्न थालिएको छ ।

समितिको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजीकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताउनुभयो । सुपारीको उत्पादन व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुष्करले बताउनुभयो ।

त्यस्तै बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताउनुभयो । पक्राउ परेको सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सिल लागेको जानकारी दिनुभयाे । उहाँले यसरी नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमा नेपालको भन्सारको सिल लाग्नुपर्नेमा भारत भन्सारको पाइएकाले शङ्का उब्जाएको र अनुसन्धानको विषय बनेको बताउनुभयो ।

बैठकमा सांसदहरूले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सांसदहरूले सुपारीमा राजनीतिक र अन्य सम्बन्ध खोज्न आवश्यक रहेको पनि बताए ।  उज्यालो अनलाईनमा खबर छ ।

प्रकाशित मिति: २०२२-०७-३० , समय : १६:५२:४१ , ३ वर्ष अगाडि