ईनेपालपत्र समाचारदाता , ४१५ पटक हेरिएको
दुर्घट्ना ग्रस्त बाईक र मृतक
लेटाङ ,२३ असार । लेटाङ-कानेपोखरी भित्री सडकखण्डमा बिहिबार बिहान मोटरसाईकल दिर्घटनामा केचनाका रोशन श्रेष्ठको ज्यान गएको छ।
पथरी बजारमा इलेक्ट्रोनिक पसल गर्दै आएका पथरी शनिश्चरे वडा नं. ६ बिरेन्द्र चौक केचनाका ३३ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालरी मोरङले जानकारी दिएको छ।
प्रदेश–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकलमा लेटाङबाट कानेपोखरी तर्फ आईरहेको श्रेष्ठ खानेपोखरी नजिक दुर्घटनामा परेका हुन। प्रहरीका अनुसार मोटरसाईकल तीव्र गतिमा रहेकाले आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
प्रकाशित मिति: २०२२-०७-०७ , समय : २१:१२:०७ , ४ वर्ष अगाडि