बाह्र बर्षिय बालिका बलात्कृत

rss , ३५४  पटक हेरिएको

तनहु, ७ असार । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका(५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका(३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२२-०६-२१ , समय : २२:११:०९ , ४ वर्ष अगाडि