रुखबाट लडेर एकको मृत्यु

Enepal Patra Pvt. Ltd. , ६२६  पटक हेरिएको

भोजपुर, ०२ पौष । भोजपुरको षडानन्द नगरपालिका १ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान साँढे १० बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: २०१९-१२-१८ , समय : १५:०७:३५ , ४ वर्ष अगाडि