प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

प्रशान्त निराैला , ६०१  पटक हेरिएको

झापा, ५ बैशाख । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका‍-८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका(७ तेह्रथुम घर भई विर्तामोड-८ स्थितमा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धन बिर बराल रहेका छन ।

आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२२-०४-१८ , समय : १७:१०:५१ , ४ वर्ष अगाडि