Enepal Patra Pvt. Ltd. , ७२७ पटक हेरिएको
लेटाङ, २० चैत । लेटाङ नगरपालिका वडा नं. ४ मा बनेको नयाँ ब्याडमिन्टन कोर्डको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।
सांसद घनश्याम खतिवडा , प्रदेश १ का यातायात ब्यबस्था तथा संचार मन्त्री उपेन्द्र प्रसादवघिमिरे र लेटाङ नगरपालिकाका मेयर शंकर राईले संयुक्त रुपमा कोर्डको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले लेटाङले राजनीतिक सँस्कार सदिऔ देखि देखाउदै राजनिती एकताको सन्देश दिएको बताउनुभयो । ब्याडमिन्टन कोर्डका लागि आफुले सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै उहाँले निबृत जीवन यहि कोर्डमा खेल्दै बिताउने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै यातयात ब्यबस्था तथा संचार मन्त्री घिमिरेले लेटाङ ४ नेपालकै सानो वडा भएपनी खेल क्षेत्रमा उल्लेख्य योगदान गरेको बताउनुभयो । उहाले कोर्ड घेराबाराका लागि सहयोग गर्ने बताउनुभयो । उहाले यातयातको क्षेत्रमा हुने बिकृतिलाई हाताउन आफू लागि परेको समेत बताउनुभयो ।
नगरप्रमुख शंकर राईले खेल क्षेत्रको उर्बर भुमी लेटाङ भएकाले सबै खेलमा उत्कृष्टताका लागि नगरपालिका सधै लागि परेको बताउनुभयो । कोर्ड बनाउनका लागि प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहालले राम्रो भुमिका खेल्नुभएकोमा प्रशंसा गर्नुभयो । उहाँले खेल क्षेत्रलाई अबलम्बन गर्न सबै नगरबासिलाई आह्वान गर्नुभयो ।
कार्यक्रमलाई उपप्रमुख कृष्ण कुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल , वडा अध्यक्षहरु , तेजप्रसाद तिम्सिना,देबराज चाम्लिङ , सन्तोश कार्की , कृष्ण लुईटेलले शुभकामना दिनुभयो ।
कार्यक्रममा पार्टिका प्रतिनिधि , समाजसेवी , बुद्दिजिवी लगायतको उपस्थिती थियो । कार्यक्रम ब्याडमिन्टन क्लब लेटाङका अध्यक्ष हिक्मत खड्काको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: २०२२-०४-०३ , समय : १५:५६:३१ , ४ वर्ष अगाडि