बगुवा बिजय

Enepal Patra Pvt. Ltd. , ९२९  पटक हेरिएको

लेटाङ , १८ चैत । कात्तिके खेलकुद समूह लेटाङ १ को आयोजनामा भएको साबिक भोगटेनी गाबिस स्तरिय भलिबल प्रतियोगितामा हिजो बगुवा भलिवल क्लब प्रथम भएको छ ।
८ टिम सहभागी उक्त खेलमा लेटाङ ७ मलिबासे दास्राे भएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रथम र दोश्रो हुने टिमलाई पुरस्कृत गर्नुभयो ।

साग्मा , झिजे, बगुवा , अधेरी , किसेटार , साग्फारा, बताहा , मलिबासे लगायतका ठाउँका भलिबल क्लबहरुको सहभागिता थियो ।

कार्यक्रमलाई वडा अध्यक्ष बिष्णु मगर , स्थानिय नेता बालकुमार लिम्बू लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : २०:५०:०६ , ४ वर्ष अगाडि