लेटाङमा कांग्रेसको खुल्ला सभा

Enepal Patra Pvt. Ltd. , ४३३  पटक हेरिएको

 

लेटाङ १६ चैत । नेपाली कांग्रेसले बृहत् खुल्ला सभा गरेको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ ख र नेपाली कांग्रेस लेटाङ नगर समितिको आयोजनामा भएको बृहत खुल्ला सभा भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिस्वकर्माको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस मोरङका सभापती डिगबहादुर लिम्बुको बिशिस्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बिस्वकर्माले नेपाललाई बिकास र निकास कांग्रेसले मात्र दिन सक्ने बताउनुभयो । उहाँले कम्युनिस्टहरु उनिहरुको सिदान्तलाई कुल्चियर स्वार्थबादी ब्यक्तिगत फाईदाका लागि मात्र राजनिती गरिरहेको जिकिर गर्नुभयो । उहाले एमसिसिलाई हाउगुजी बनाएर फेरि जनता झुक्याउने कोसिस गरेको भन्दै एमाले र केपि ओलिले जनतालाई माछा माछा भ्यागुतो बनाईरहेको बताउनुभयो । एमसिसी उनिहरुले आरोप लगाए जस्तो नभई एउटा बिकासको लागि अनुदान सहयोग मात्र भएको बताउनुभयो ।

जिल्ला सभापति डिगबहादुर लिम्बुले कांग्रेसले एक ढिक्का भएर संगठनलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । आन्तरिक प्रतिस्पर्धामा एउटा समूह बने पनि अन्य दल संगको प्रतिस्पर्धामा एकजुट हुनुको बिकल्प नभएको उहाले बताउनुभयो । योग्य उमेदवार लाई स्थानिय ठाउँ बाटै मिलाएर उमेदवार बनाउन उहाले स्थानिय नेताहरुलाई सुझाब दिनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी क्षेत्रीय सभापति शंकर राईले कांग्रेसले पार्टी सबैको हितका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले कम्युनिस्टहरुको फोहोरी खेल जनताले बुझिसकेकाले अब कांग्रेसले मात्र देशलाइ फाईदा गर्ने बुझेर जनता कांग्रेस तर्फ आकर्षित भइरहेको बताउनुभयो। कार्यक्रम लेटाङ नगरपालिकाका सभापति दिपकचन्द्र राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२२-०३-३० , समय : ०६:१७:१६ , २ वर्ष अगाडि