लैंगिक हिंसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया

Enepal Patra Pvt. Ltd. , ३५९  पटक हेरिएको

लेटाङ २५ फागुन । लैंगिक हिंसा न्युनिकरण सम्बन्धी मेलमिलापकर्ता, टोलविकासका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधीहरु संग २ दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
लैगिंक हिंसा तथा जघन्य अपराधहरु बढिरहेको भन्दै यसलाई कम गर्ने उदेश्य राखेर उक्त कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष देवराज चाम्लिङले जानकारी दिनुभयो । कार्यक्रमलाई ओरेक नेपालकी कार्यक्रम संयोजक सरस्वती दनुवारले सहजिकरण गरिरहनुभएको छ ।
लैंगिक हिंसा कसरी हुने गर्छ, कस्ता कस्ता घट्नालाई कुन ठाउँ उजुरी गर्ने लगायतका विषयमा जानकारी समेत दिईने र टोल विकास समितीका काम कर्तव्य अधिकारका विषयमा समेत चर्चा गर्ने कार्यक्रमकी सहायक प्रशिक्षक भिमाकुमारी ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-०३-०९ , समय : १५:३०:०९ , ४ वर्ष अगाडि