Enepal Patra Pvt. Ltd. , ६३२ पटक हेरिएको
लेटाङ ,२४ फागुन । लेटाङ नगरपालिकाले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाएको छ । आज नगरपालिकाको सभाहलमा यातायात ब्यवस्था तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नगरपालिकाले लाईसेन्स दिने प्राबधान ल्याउने प्रयास गरिरहेको छु । ६० बर्ष नाघेका तर लाईसेन्स नभए सवारी चलाउन नपाएकाहरुका लागि यस्तो कानुन ल्याउन प्रयास गरिरहेको बताउनुभयो । लाईसेन्सको २ बर्स सम्म परिक्षाका लागि पर्खिनुपर्ने झन्झट लाई हटाउने बताउनुभयो ।
संविधान सभा सदस्य अनिता परियारले कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालको कानुन महिलाहरुका लागि मजबुद भएपनि कार्यन्वयनको पक्ष फितलो भएको अनुभुती आफुले गरेको बताउनुभयो । महिलाहरुलाई पुरुष पछि मात्र पालो दिने प्रणाली अझै नहटेको वताउदै यसका लागि सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख शंकर राईले महिला पुरुषलाई समान अधिकारका लागि शिक्षाको ठुलो भुमिका रहने बताउनुभयो । महिला पुरुष एक रथका दुई पांग्रा भएकाले समान अधिकारका लागि महिलाहरु समेत अगााडी बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । महिलाका बाधक पुरुष मात्र नभएर महिलै हुने समेत देखिएकाले यस प्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी अध्यक्ष तथा नगरउपप्रमुख कृष्णकुमारी निरौलाले महिलाहरु कार्यकारी भुमिका लिन सक्षम भएपनि पुरातन सोच भएका मानिसहरुले अझै महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा ग्रामिण महिला विकासकी सचिव शान्ति पाख्रिनले अन्तराष्ट्रिय महिला दिवशकको सन्दर्भमा वनाएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रत्येक वडाका ९ जना महिला श्रमिकहरुलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा वडा नं. ३ ले एकजना श्रमिक महिलालाई लुगा सिलाउनका लागि मेसिन प्रदान गरेको वडा अध्यक्ष देवराज चाम्लिङले जानकारी दिनुुभयो ।
११२ औं अन्र्तराष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएका थियो ।
प्रकाशित मिति: २०२२-०३-०८ , समय : १६:३२:०८ , ४ वर्ष अगाडि