युनियन कोषाध्यक्षमा बास्तोलाको उम्मेद्धारी घोषणा, कर्मचारीमा खुसियाली

Enepal Patra Pvt. Ltd. , ४८६  पटक हेरिएको

पुर्बमा कर्णालीको रुपमा चिनिएको बिकट खोटाङ जिल्ला साबिकको बुइपा गा.बि.स.वडा नं. ७ हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ बुइपामा जन्मिएर सानै उमेर देखी मेधावी  विध्यार्थीका   रुपमा चिनिएका बाँस्तोलाले स्थानिय विद्यालय श्री चम्पावती माध्यमिक विद्यालयबाट २०६० सालमा प्रथम श्रेणिमा एस.एल.सी.उतिर्ण गरी २०६७ सालमा निजामती सेवामा प्रबेश गरेका हुन् ।

सामान्य परिवारमा हुर्किएका बाँस्तोला कक्षा १२ मा अध्ययनरत रहँदानै आँफु सरहका समकक्षीहरुलाई ट्युसन पढाँउदै आँफु पढ्ने खर्च जुटाएर पढेको अनुभब सुनाउछन् ।

सामाान्यतया निजामती कर्मचारीहरुको आफ्नै किसिमको लोकसेवा तयारीको अनुभव त हुन्छ नै तर अभाबको सामना गरेर कपाल दाह्री काट्ने पैसा समेत नहुँदा राजनिती र प्रशासन बुझ्नुको मज्जा छुट्टै भएको लेखा अधिकृत बाँस्तोलाको अनुभव रहेको छ ।

इमान्दारीता,लगनशिल र निरन्तर प्रयासरत रहँदा सफलता हासिँल गरिंदो रहेछ मेरो मेहेनतको प्रतिफल २०७४ सालमा लेखा अधिकृतमा खुला नाम निस्कदा महसुश गरेको र नागरिकहरु संग प्रत्यक्ष सेवा प्रवाह,नागरिकले भोगेको समस्याको अनुभव महसुश गरेको,आम निजामती कर्मचारीहरुको समस्याहरुको चाङ के रहेछ भनेर बुझेको छु बाँस्तोला सुनाउनुहुन्छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङमा कार्यरत रहँदा खोटङमा कार्यरत रहँदा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती खोटाङको अध्यक्ष समेत रहेका बाँस्तोला सरुवा भएर धनकुटा गएपछी महाधिबेशन प्रतिनिधी बनेर निजामतीहरुको हकहितको लागि निरन्तर खटेर लागेको अनुभब बाँस्तोलाको रहेको छ ।

त्यसैगरी २०७४ साल फल्गुणमा महालेखा नियन्त्रक कार्यालयमा रहँदा महाधिबेशन प्रतिनिधी र २०७७ आषाढ देखी केन्द्रीय सदस्य बनेका बाँस्तोलाले २०७५ सालमा भएको बिभेदकारी कर्मचारी समायोजनमा पिडितत कर्मचारीहरुको बृत्ती विकासको सवालमा निरन्तर आवाज उठाइरहेको बताउनु भएको छ ।

नेपालको संघियता कार्यान्वयन संगै स्थानिय तहका जनप्रतिनीधीहरु र सेवाग्राहीहरुका अनुभव साटासाट गर्ने अबसर प्राप्त गर्नुले राजनिती र प्रशासन बिचको तादम्यता,समस्या एबं चुनौतीहरुको नजिकबाट अनुभब गर्न पाउनुले नेपाल निजामती कर्मचारीहरुको साझा सवालको नेतृत्व गर्ने र आम कर्मचारीहरुको हक हितको आवाज बुलंद गर्दै निति तथा कार्यक्रमहरुलाई संस्थागत गर्नका लागि असन्न अधिबेशनको केन्द्रीय कोषध्यक्षको उम्मेद्धारी घोषणा गरेको बाँस्तोलाको भनाई रहेको छ ।

केन्द्रीय अधिबेशनको सर्बसहमतको पक्षमा आँफु उभ्भिने र आबस्यकता पर्दा लोकतान्त्रीक प्रणालीमा चुनाबी प्रतिस्पर्धामा समेत तयार रहने,केन्द्रीय कोषाध्यक्षको उम्मेद्धारको हैसियतले आम कर्मचारीहरुको साझा मुद्धा,सांगाठनिक सुदृढीकरण,समायोजनको सन्दर्भमा पिडामा परेकाहरुको बृत्ती विकास,अन्तरसेवा प्रतियोगितामाा २० प्रतिशत बनाउने कुरा,नेपाल कर्मचारी युनियन कल्याणकारी कोष स्थापना गर्ने योजना रहेकाले बहुमतले बिजयी गराउन समेत बाँस्तोलाको अनुरोध रहेको छ ।

प्रकाशित मिति: २०२२-०२-२१ , समय : १५:१६:१९ , ४ वर्ष अगाडि