कांग्रेसको टोल समिति गठन, ८७ जना कांग्रेस प्रवेश

Enepal Patra Pvt. Ltd. , ३५५  पटक हेरिएको

लेटाङ ४ पुष । लेटाङ नगरपालिका वडा नं. ९ का दुईवटा टोलमा नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ ।आज विहान कांग्रेसका नेताहरुको उपस्थितीमा वाह्रगोठे टोल समिति र विहानी टोल गठन गरिएको हो ।

उक्त कार्यक्रममा ८७ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमाले र माओवादी पार्टी परित्याग गरि वाह्रगोठे टोल वाट ७५ जना र विहानी टोल वाट १२ जना गरि ८७ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका नेपाली कांग्रेसका नगरसचिव सुदेश वस्तीले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका क्षेत्रिय सभापति शंकर राई, जिल्ला सदस्य नन्दप्रसाद खतिवडा, महाधिबेशन प्रतिनीधी ईन्द्र मावोहाङ, क्षेत्रिय सचिव भिम पाेख्रेल ,नगरसभापती दिपक चन्द्र राई लगायतले पार्टी प्रवेश गराउनुभएको थियो ।

 

प्रकाशित मिति: २०२२-०१-१८ , समय : १३:११:१४ , २ वर्ष अगाडि